September 16, 2026, Wednesday
काठमाडौं। चलचित्र ‘छ माया छपक्कै’ र ‘पोइ पर्यो काले’ले तिहारमा हाउसफूलको ब्यापार गरेको निर्माण पक्षले जनाएका छन्। प्रदर्शनको तेस्रो सातामा चलिरहेको ‘छ माया छपक्कै’ भाइटीकाको दिन मंगलबार र बुधबार मल्टिप्लेक्समा हाउसफूल रह्यो।
निर्माता तथा कलाकार दीपकराज गिरीले डिसी नेपालसंग भने, –‘मंगलबार र बुधबार बेलुकी शोको टिकट बिहानै सकिएको थियो।’ दीपकराजले आफ्नो चलचित्रले तेस्रो सातामा आइपुग्दा सिंगल भन्दा मल्टिप्लेक्समा दर्शकको साथ पाईरहेको बताउँछन्।
गत शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘हाउसफूल ४’का कारण ‘छ माया छपक्कै’ले मल्टिप्लेक्समा कम शो पाएपनि ब्यापार हिन्दीको भन्दा राम्रो रहेको दीपकराज दाबी गर्छन्। उनी चलचित्रको लाइफ टाइम ब्यापार १२ करोड हाराहारी हुने अनुमान गर्छन्।
दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय छ।यता गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ले हेर्न तिहारमा सबैजसो हलमा दर्शकको चाप उच्च रहेको निर्देशक शिशिर राणा बताउँछन्।
‘शुरुवातमा सिंगल थिएटरमा त राम्रो थियो। मल्टिप्लेक्समा ‘हाउसफूल ४’ ले गर्दा शो पनि अलि कम पाएको थियो। दर्शक पनि कम थिए’ निर्देशक राणाले भने, ‘भाइटीकाको दिनदेखि मल्टिप्लेक्समा पनि राम्रो भयो।’ उनी चलचित्रले मंगलबार र बुधबार अधिकांश हलमा हाउसफूल ब्यापार गरेको बताउँछन्।यस चलचित्रमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतको अभिनय छ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am