September 15, 2026, Tuesday
२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।
एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताएकी छन् ।

‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’
प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताइन् ।

‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ’ उनले भनिन् ।
डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।
‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन् ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am