September 16, 2026, Wednesday
एजेन्सी / पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ ।पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो ।
स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाए अनुसार कम्तीमा ७० जना मारिएका छन् भने अरू २९ जना घाइते भएका छन् ।रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए । रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार हताहत हुने मानिसको सङ्ख्या अझ बढ्न सक्नेछ।
“दुईवटा स्टोभ पड्कि ए। उनीहरू खाना पकाउँदै थिए । उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,” रेलमन्त्रीले भने । हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए।दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am