September 17, 2026, Thursday
कुनै पनि जुस स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । शरीरमा पानीको मात्रा कम हुदा जुस तथा फलफूलले त्यसलाई केही मात्रामा पूर्ति गर्ने गर्दछ भने विभिन्न प्रकारका शरीरलाई आवश्यक तत्वसमेत प्राप्त हुन्छ ।गर्मी मौसममा जुस तथा चिसो पेयपदार्थ पिउन सबैलाई मन पर्छ र यसले शितलता महसुस गराउँछ । त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई फाइदा जनक हुन्छ ।
उखुको जुसका फाइदा यस्ता छन्–
१. उँखुको रस सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।
२. यसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।
३. यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
४. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
५. उँखुको रसमा प्रशस्त ग्लुकोजको मात्रा हुन्छ जसले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am