September 16, 2026, Wednesday
काठमाडौँका २३ वर्षीया जनम परिवारले बिहेको कुरा झिक्यो कि सुइँकुच्चा ठोक्छन्। अरू विषयका पारिवारिक छलफलमा उनी सहभागी हुन्छन्। तर, बिहे भन्नासाथ उनको सातो जान्छ। कारण, उनी आफूभन्दा झन्डै दोब्बर उमेरकी महिलासँगको प्रेममा फसेका छन्। एक प्रहरी निरीक्षककी ४२ वर्षीया श्रीमतीको मायाजालमा परेका जनमलाई अहिले यो सम्बन्ध निल्नु न ओकल्नु भइरहेको छ।
भन्छन्, ‘पहिले बिहे भएको र दु–दुइटा छोराकी आमा हो भन्ने थाहै भएन। आँखा चिम्लेर लभ गरियो। अहिले उम्किनै गाह्रो भा’छ।’उनका श्रीमान् प्रायः घरबाहिर हुने र उनको खासै पर्वाह नगर्ने भएकाले उनी आफूसँग लहसिएकी जनम बताउँछन्। ‘मैले छुँदामात्रै पनि मक्ख पर्छिन्,’ उनले भने, ‘मैले हेरेको, छोएको साह्रै मन पर्छ रे। मसँग टाँसिरहन खोज्छिन्। त्यसैले मैले पनि उनलाई छोड्न सकिरहेको छैन। मलाई मर्का पर्दा सहयोग पनि गर्छिन्। साढे तीन वर्षमा करिब सात लाख रुपैयाँ सहयोग पाइसकेँ।’
लाहुरेनी भन्छिन ” पतिले यस्तो आनन्द कहिल्यै दिएनन पैसाले २४ बर्से ठिटो पालेर आफ्नो इच्छा लिन्छु !
यस्तो सम्बन्धको नियत के हुन्छ ? देहसुख अर्थात् यौ नमात्र हो तरु श्रीमान् विदेशमा हुने, श्रीमान्को माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ । उता तन्नेरीहरूका आफ्नै कथा छन्। उनीहरू ‘आन्टी’हरूसँग फस्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द। यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमारु अनि यसका जटिलता के–के हुन्रु अम्मर जिसीले केलाउन खोजेका छन्।
काठमाडौँ, सुकेधाराका अविनाश प्रायः बागबजारमा भेटिन्छन्। ‘आन्टीले बोलाइरहन्छिन्,’ बागबजार धाउनुको कारण सुनाउँछन् उनी, ‘आफू त आन्टीको सेवक न परियो। जहिले बोलायो, तहिले आइदिनुपर्छ।’ ४४ वर्षीया आन्टीलाई हरबखत सेवा दिन तत्पर अविनाश २१ वर्षका छन्। भन्छन्, ‘मेरो गर्लफ्रेन्ड छे, कलेजमा। बागबजारमा चाहिँ ओभरटाइम गरेको हुँ।’ उनका अनुसार आन्टीका श्रीमान् बागलुङमा छन्। ‘वर्षमा एकदुई चोटिमात्र आउँछन् अंकल,’ अविनाशले भने, ‘आन्टी धेरैजसो एक्लै हुन्छिन्। छोराछोरी पनि छैनन्। त्यसैले मलाई बोलाइरहन्छिन्।’ यी दुईको चक्कर चलेको दुई वर्ष भयो।
त्यस्तै धरानका दीपेश यही बर्ष विदेश उड्दै छन्। ‘उतै सेटल हुने गरी जाँदै छु,’ उनले भने, ‘केटी मुसलमान भएकाले बिहे गर्न अलि समस्या भइरहेको छ। मैले धर्म परिवर्तन गर्नुपर्छ रे। त्यसका लागि कागजात पठाइसकेँ। अर्को अक्टोबरसम्ममा सबै काम बन्छ होला। ’दीपेश टुरिस्ट गाइड हुन्। पर्यटक घुमाउने क्रममा उनको भेट इजरायलकी अथालियासँग भएको थियो। ‘त्यो बेला नै उसले मलाई खुब मन पराई,’ दीपेश भन्छन्, ‘इजरायल पुगेपछि पनि फोन गरिराख्थी।
मेरा लागि ल्यापटप, मोबाइल आदि पठाइदिन्थी। इजरायलको सरकारी कर्मचारी हो ऊ। पैसा टन्न कमाउँछे। एकदम गाँठवाली छे।’ तिनै ४९ वर्षीया अथालियाको पहलमा २५ वर्षीय दीपेश इजरायल जान लागेका हुन् ‘खै, किन हो, लास्टै माया गर्छे मलाई,’ दीपेश भन्छन्, ‘मैले पनि माया गरेजस्तो गर्दिन्छु। उता गएपछि राम्रो काममा लगाइदिन्छु भनेकी छे।
जिन्दगी बन्छ भने किन नजानु र?’ केही महिनाअघि पनि ‘टुरिस्ट भिसा’ मा इजरायल डुलेर आएका दीपेशले आफूहरूका लागि दुइटा कोठा बुक्ड गरिसकेको बताए। ‘अस्ति जाँदा ऊसँगै बसेँ,’ उनले भने, ‘अब त बिहे नै गर्दै छु। पाँचरदश वर्ष त्यै बज्यै अथालियासँग उठबस गर्नुपर्ला। त्यसपछि आफ्नै देश फर्किन्छु।’
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am