September 16, 2026, Wednesday
नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान उपकप्तान ज्ञानेन्द्रलाई कप्तान तथा युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो । ज्ञानेन्द्र सन् २००९ मा पारस कप्तान बन्दादेखि उपकप्तान थिए । ज्ञानेन्द्रले विभिन्न समयमा पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका छन् । मल्लले सन् २०१७ मा टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए ।
सन् २०१७ मा भएको एसीसी इमर्जिंङ टिम कपमा ज्ञानेन्द्रले नेपालको कप्तानी सम्हालेका थिए। दुई महिनाअघि आईसीसी टि ट्वान्टी एसिया कप छनोटमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले मलेसियाविरुद्ध कप्तानी गरेका थिए । उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक समेत प्रहार गरेका थिए । घरेलु क्रिकेटमा पनि ज्ञानेन्द्रले नियमित रुपमा विभिन्न टोलीको कप्तानी सम्हाल्दै आएका छन् । उनकै कप्तानीमा ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिगको गत संस्करणको उपाधि जितेको थियो ।
त्यस्तै दीपेन्द्र पनि सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक तथा ओमानसँगको टि ट्वान्टी सिरिजमा उप कप्तान बनेका थिए । सन् २०१७ नोभेम्बरमा यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा दीपेन्द्र कप्तान थिए । गत वर्ष दीपेन्द्रले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरियालाई जिताएका थिए ।
सन् २००९ देखी कप्तान पारसले अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै गत असोज २७ मा कप्तानबाट राजिनामा दिएका थिए ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am