September 16, 2026, Wednesday

३९ जना आप्रवासीको ज्यान लिने भियतनामी मास्टरमाइण्डको पहिचान, यिनै हुन् गिरोहका नाइके

काठमाडौं। बेलायतको एसेक्समा मृत अवस्थामा भेटिएका ३९ जना आप्रवासीको मृत्युको पछाडि रहेका भियतनामी मास्टरमाइण्डको खोजी गरिरहेको पुलिसले ती ग्याङका नाइकेको पहिचान गरेको छ । बेलायती मिडिया द डेली मिररले दावी गरेअनुसार ‘स्पेशन टास्क फोर्स’ले ट्रुओङ नाम गरेका ती मास्टरमाइण्डको खोजी गरिरहेको छ जसले मृतक आप्रवासीका परिवारबाट करोडौं रकम कमाएको विश्वस गरिएको छ ।

भियतनामको हा टिन्ह प्रान्त र छिमेकी घे एन प्रान्तका अधिकारीहरुले उनैलाई यो गिरोहको अन्तर्राष्ट्रिय प्रमुख भएको विश्वास गरेका छन् । लरीमा ज्यान गुमाउने मृतकमध्ये कम्तीमा २४ जना यिनै २ प्रान्तका भएको विश्वास गरिएको छ ।एक स्रोतले भन्यो ‘यी ग्याङहरु जति लुक्न खोजिरहेका छन् त्यत्तिकै यिनीहरुको नाम यहाँको समुदायमा कानेखुसी भइरहेको छ । अहिले उनीहरुले तस्करी गरिएका आप्रवासीहरुका परिवारलाई चुप गराउन धम्की दिइरहेका छन् ।’

द डेली मिररले घे एन प्रान्तमा तस्करका नाइके भनिएका ट्रुओङबारे सोध्दा यी व्यक्तिलाई लरीमा मारिएकी २६ वर्षकी फाम थी ट्रा मीका परिवारले उनलाई तस्करी गरेवापत दिने शुल्कको पहिलो किस्ता पैसा बुझाएको पाइयो । मीका दाजुका अनुसार यो उनको बेलायत जाने दोस्रो प्रयास थियो । यसअघि उनी पक्राउ परेर फर्काइएकी थिइन् । पुलिसले अन्य दुई दाजुभाइलाई पनि घटनामा संलग्न भएको आशंकामा खोजी गरिरहेको छ । उत्तरी आयरल्याण्डका ४० वर्षका रोनान हग्स र ३४ वर्षका क्रिस्टोफर हग्सले यो धन्दा चलाइरहेको विश्वास गरिएको छ ।

[email-subscribers-form id="2"]
TOP