September 18, 2026, Friday
नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर शिशिर भण्डारी अभिनित नेपाली मर्मस्पर्शी सर्ट मुभि युट्य्बमा आएको छ । भाईटिका शिर्षको उक्त सर्ट फिल्ममा बिदेशिएको दाई र बेचिएकी चेलीको दर्दनाक कथालाई प्रस्तुत गरिएको छ । शिशिर भण्डारीका साथमा सुनिशा बजगाई, देशभक्त खनाल, सारदा गिरी, लक्ष्मण राज अधिकारी, नरेश बिक्रम खड्का, सन्जय पौडेल, प्रशन्न डि.सी, मलाईका बस्नेत आदिको मुख्य भुमिका रहेको छ ।
बालकलाकारको रुपमा चलचित्रमा शिशिर भण्डारीका छोरा असिम भण्डारीले पनि पहिलो पटक अभिनय गरेका छन् ।तिहारको समयमा सबैको मन जित्ने आशाले निर्माण गरिएको सर्ट फिल्ममा कथा शिशिर भण्डारीकै हो भने फिल्मलाई गोकुल अधिकारीले खिचेका हुन् । फिल्मलाई बिष्णु बुढाथोकीले पहिलो पटक निर्देशन गरेका हुन् । भिडियो हेर्नुस:
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am