September 19, 2026, Saturday
काठमाडौं। अहिले एकपछि अर्को फिल्मको रिलिज डेट सरिरहेको छ।कार्तिक ८ मा प्रदर्शन हुने भनिएको फिल्म ‘घामड शेरे’ कार्तिक २२ मा पुगेको छ। त्यस्तै कार्तिक २२ मा रिलिज हुने भनिएको फिल्म ‘सरौतो’कार्तिक २९ मा पुगेको छ। एक फिल्मले अर्को फिल्मलाई असर गरिरहेको छ। त्यसैले निर्माताले आफ्नो फिल्म रिलिज डेट सारेका छन्। अब कार्तिक २९ मा चार फिल्मको भिडन्त हुने भएको छ।
‘सरौतो’संगै ‘मिष्टर नेपाली’, ‘माछा माछा’ र ‘सम्हाली राख है’को यो मितिमा प्रदर्शनमा आउँदैछन्।
हरि हुँमागाईको निर्देशनमा बनेको ‘सरौतो’ले बदलाको कथा भन्छ। चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय छ।
देव भूषालको निर्देशनमा बनेको ‘मिष्टर नेपाली’ले पहिल्यैदेखि आफ्नो प्रदर्शन मिति कार्तिक २९ मा तोकेको थियो। देश तथा परदेश जहाँ रहेपनि आफ्नो गाउँ–ठाउँलाई विर्सनु हुँदैन भन्ने मूल मर्म बोकेको फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा छन्। साथमा नव–अभिनेता साहिल श्रेष्ठ, नव–अभिनेत्री कुसुम राउत, कलाकारहरु सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, रीमा विश्वकर्मा, कमलमणी नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव लगायतको फिल्ममा अभिनय छ।
यो मितिमा सुनिल गुरुङको ‘माछा माछा’ पनि प्रदर्शनमा आउदैछ। रामबाबु गुरुङ र दयाहाङ राइ निर्माता रहेको चलचित्रले एक व्यक्तिलाई मार्न पैसा लिएका तीन यूवा र उनीहरुको दौडधुपको कथालाई उठान गरेको छ। चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, लगायतका कलाकारको मुख्य भूमिका छ।
कार्तिक २९ मा प्रदर्शनमा आउने अर्को फिल्म हो, ‘सम्हाली राख है’। युवायुवतीमा मौलाएको प्रेमकथालाई उठान गरिएको फिल्मलाई आरएल मोक्तानले निर्देशन गरेका हुन्। फिल्ममा अर्जुन कुवँर, शितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय छ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am