September 16, 2026, Wednesday
काठमाडौं। काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ। छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कातिक १६ गते शनिबार नागपोखरीमा छठी माईको पूजा गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो। पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई सो पर्वको सुरुवात हुनेछ।
मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराई सबै ठाउँमा छठ पर्वलाई भव्य रुपमा मनाउने उद्देश्यका साथ काठमाडौंका नागपोखरीमा यस वर्ष पनि छठी माइको पूजा गर्ने व्यवस्था मिलाइएको समितिको संयोजक किशोरी महतोले जानकारी दिए।
नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने जनाइएको छ। विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको हो। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घदिई मनाउने यो पर्वले आरोग्य लाभ हुने जनविश्वास रही आएको छ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am