September 17, 2026, Thursday
पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान सुरु गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो ।
भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र सङ्घीय सरकारद्वारा घोषित भ्रमण वर्षको प्रचार गर्न सङ्घले ‘गन्तव्य मर्दी हिमाल’ अभियान तय गरेको पदयात्रा टोलीका नेता एवं सङ्घका अध्यक्ष दामु अधिकारीले बताए ।पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रचारलाई सङ्घले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले सरकारले घोषणा गरेका प्रवद्र्धनात्मक कार्यक्रमलाई सघाउन आफूहरू तयार रहेको बताए ।
गण्डकी प्रदेश सरकारले अघि सारेको ‘बिदा पर्यटन’को अवधारणाका साथै अन्य प्रवद्र्धनात्मक कार्यक्रम लगायतमा आफूहरू हातेमालो गर्न तयार रहेको बताए । उनले भने,“देश र विदेशमा आफूहरूको ठूलो संयन्त्र भएकोले सहकार्य गर्दै अघि बढाउने दायित्व सरकारको हो ।”भ्रमण दलमा सङ्घका अध्यक्ष अधिकारीसहित कार्यसमितिका सदस्य तथा कर्मचारी सहभागी छन् ।चार दिने पदयात्राको क्रममा टोली चार हजार ६०० सय मिटर उचाईको मर्दी हिमाल आधारशिविर पुग्ने सङ्घका कार्यसमिति सदस्य कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am