September 18, 2026, Friday
ललितपुर /नेपाल पार्कर एन्ड फ्री रनिङ्ग स्पोर्ट्स बालकुमारी,ललितपुरले २०७६ सालको शुभ दिपावली को पावन अवसरमा (देउसी भैलो घर दैलो ) कार्यक्रमको आयोजना गरेको छ । कला र सन्कृतीको जगेर्ना गर्नु हामी सबै नेपाली हरुको कर्तव्य हो ।


यहि भनाईलाई आत्मासाथ गर्दै अहिलेको युवा पुस्तामा पुरानो चलन,सन्स्कृति लाई बिर्सेर बिकृती निम्त्याएको आरोप लागेको अवस्थालाई मध्यनजर गरि सन्देश मुलक ढंगले नेपाल पार्कर एन्ड फ्री रनिङ्ग स्पोर्ट्स युनिट बाट आफ्नै ट्रेनिन्ङ्ग सेन्टरमा उत्पादन गरेका विभिन्न खालको कला र प्रतिभाहरुको प्रस्तुति रहेको थियो ।



कल्चरल नृत्य,आधुनिक नृत्य, बिट बक्स, जिम्नास्टिक,पार्कर, क्यरिकेचर तथा ब्यान्डहरुको प्रस्तुतिले बाल बच्चा, युवा युवती र बृद्धबृद्धाहरुको मन जित्न सफल भएका थिए । सामाजिक कार्यमा पनि योगदान दिदै आएका यस युनिटले आउने दिनमा उदारणीय काम गरेर देखाउने उद्देश्य रहेको जानकारी गराए ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am